नेपाल विद्युत प्राधिकरणलाई परिवर्तन गर्नको निम्ति कुलमान घिसिङले गरेको कार्यलाइ ऎतिहासिक मानिन्छ । त्यहिकारण नेपाली जनताको मनमा बस्न सफल भए घिसिङ । सायदै नेपाली जलविद्युतको इतिहासमा उनी जतिको सक्षम निर्देशक प्राधिकरणले पाउन सकेको छैन । यो दशकमा पाउदैन पनि होला ।
नेपालको सार्बजनिक प्रशासन कमिसनखोरहरुको घेरामा छ् । प्रायः राजनीति नियुक्ति हुने प्राधिकरणहरु सार्बजनिक रूपमा स्वच्छ छैनन , विद्युत प्राधिकरण त्यस्तै भुमरीमा थियोे । यसलाई सुधार गर्न घिसिङले चालेको कदम साच्चै प्रभावकारी हुन पुग्यो । प्राधिकरणको कायापलट भयो ।
नेपालको समस्या भनेको असल मान्छेहरु खास ठाउँमा टिक्दैनन ।किनकि असल मान्छेहरु नेताका घर घरमा घिउ सख्खर केरा बोकेर पुग्न सक्दैनन । चाकरी गर्न सक्दैनन । कमिसन बुझाउन असक्षम हुन्छन् । उनीहरू एकलकाटे गनिन सक्छन् ।
यहिकारण नेपालको कमिसनघोरहरुको आँखाको तारो भए घिसिङ । उनलाई पुर्णनियुक्ती गनुपर्छ भन्ने जनताको मागलाई लत्याइयो । जनताको चाहनालाई धुलिसात पारियो । जब प्राधिकरणबाट घिसिङ हटे , बिजुली पनि आँखा झिम्काउन थाल्यो । कमिसनको खेलमा कुमार फन्को लगाउन उद्द्त छ्न केही मान्छे ।
अघोषित लोडसेडिङ गर्ने प्रयास हुन थालेको छ ।जेनेरेटर माफियाहरुको सक्रियता बढेको छ । घिसिङ नभएपछी जे पनि गर्न सकिन्छ भन्ने एउटा् ग्याङको सक्रियता बढेको छ ।यसको बेफाइदा जनतालाई हो ।गरिखाने बर्गलाइ हो ।आम उद्योगी व्यावसायि लाई यसको दीर्घकालीन असर हुनेछ ।
यसको जिम्मेवारी कस्ले लिने ? प्रश्न ऎतिहासिक हुन सक्छ ।