म राजनीतिक अर्थशास्त्रको विद्यार्थी होइन । र पनि समकालीन राजनीतिको जोडघटाउको खेललाई नजिकबाट देखिरहेको छु ,हेरिरहेको छु । सत्ताधारी पार्टी ( जो आफुलाइ निमुखाको पार्टी भन्छ ) भित्र देखिएको खिचातानी लुछालुछ आखिर के लागी ? प्रश्न उठछ कमरेड खोजेको समृद्ध नेपाल हाल कहाँ पुग्यो ?
झापा बिद्रोह मार्फत लामो समय जेलजीवन बिताएका कमरेड केपी ओली सत्तामा बिराजमान छन ।अर्का समान हैसियतका अध्यक्ष प्रचण्ड छ्न जो लामो सङघर्स गरेर आएका हुन । स्पष्ट बहुमत मात्र होइन दुई तिहाइ छ । तर न जनतामा पार्टी स्थापित छ , न सरकार लोकप्रिय हुन सकेको छ ।
सरकारको बाचा थियोे हामी केही बर्षमा नेपालको काया फेर्छौ । चाइनाबाट रेल आउँछ ; बिकासको लहर छुटछ । कोही भोको बस्नुपर्दैन । कोही रुनु पर्दैन । सरकारले गरेको बाचा र प्रतिबद्धताको लामो शृङ्खला नै बनेको छ ।
सरकारको बाचा पुरा भएन । बरु कोरोनाले आफ्नु बाचा पुरा गर्यो । कोरोनाले सबैभन्दा पहिला राजनीति अर्थशास्त्रमा हिर्कायो । अर्थतन्त्र धरमर भयो ।गरिबीको नयाँ परिभाषा बन्यो ।गरिबहरु बढे । सिमाना आइपुगेका नेपालीको लामो लर्को देखेर सरकार दुखि भएन ।बरु सरकार रत्नपार्कमा खाना खुवाउदा असभ्य सहर बन्ने नजिर पेश गरिरहयो ।
सत्तादेखि सत्तासम्म रुमलिनु कमरेड ओलीको पहिचान बन्यो ।अहिले देखिएको नेकपा बिवाद सत्ता स्वार्थ भन्दा टाढा छैन ।

नेपाली काङ्ग्रेस नामक अर्को दल छ जो सधैं कमजोर प्रतिपक्षको भुमिकामा छ । उ सधैं नेकपाको बिडम्बना हेरेर वस्छ । आन्तरिक रूपमा धमिरा परिसकेको यो पार्टी बैचारिक रूपमा समेत सिथिल छ ।
नेपालले नयाँ विकल्प खोजीरहेको छ ; नयाँ नेतृत्वको खोजी भइरहेको छ । समकालीन समाजले नायक खोजीरहेको छ ।हिन्दुशास्त्रमा हरेक युगमा असत्य विरुद्ध अर्जुन जन्मने बिश्वास गरिन्छ । आजको युगमा जन्मने अर्जुन कस्ता होलान् ? बाहुन कुलमा अर्जुन जन्मेर कस्ता बन्लान ?यता नजाउ ।
दुई तिहाइ सरकारलाई मेरो अनुरोध छ कृपया जनताको भावनालाई बुझिदिनुस ! जनताको चाहना पुरा गरिदिनुस । बिकास निर्माणमा ध्यान दिनुस । नयाँ ढंगले सोच्नुस ।
नयाँ युगमा नयाँ कुरा चाहिन्छ ।