नेपाली समाजको पछौटेपनलाई जनाउने एउटा शब्दावली छ – बाहुनवाद । कतिपय साथीहरूले यो शब्दलाई बाहुन बिरोधी शब्दावली सोच्छ्न । वास्तवमा बाहुनवाद नेपाली जीवनको बिशेषता हो । बाहुनवाद प्रमुख त समाज राजनीति र सस्कृतिमा देखिन्छ ।
मेरो एकजना बाहुन मित्र छ्न । सनातनि परम्पराप्रती मित्रमा उति अनुराग छैन । उनले मृत्युपछी गरिने क्रियाकर्मबारे सुनाएका थिए । उनको अनुसार क्रिया गर्नु भनेको बाहुनलाई खुशी पार्नु हो । बाहुन खुशी हुन दान गर्न सक्नुपर्यो । गरिबले बाहुनलाई खुशी राख्न सक्ने कुरा भएन । जो धनी छ उसका बाउ आमा स्वर्ग पुग्नेगरि बाहुन बाजेहरुले एउटा चलन बसालेका छ्न , आर्थिक हिसाबले समेत एउटा क्रियामार्फत लाखौ आम्दानी हुन्छ ।यसैले उनीहरू धार्मिकताको जलप लगाएर मनोबैज्ञानिक त्रास उपन्न गराउछ्न ।
अझ क्रिया गर्दा यातना दिने चलन हुदोरहेछ बाहुन समुदायमा । नुन खान नहुने चोखो हुनु नाउँमा क्रियापुत्री समेत रोगी भएर निस्कने स्थिति हुदोरहेछ । यो प्रकृति बिरोधि छ । मानवता बिरोधी छ । ती मित्रले भनेको सम्झन्छु कुनैपनि धार्मिक सत्ता टिकाउन यसरी शोषण गरिन्छ । यस्तै रितलाइ हामी बाहुनवाद भनेर ब्याख्या गर्न सक्छौ ।
बौद्ध परंरागत मान्यतामा मानवता मुख्य मानिन्छ । यस्तो कठोर ब्याख्या बौद्ध समुदायमा छैन । मृत्यु पछी श्रद्धाञ्जली अनेकौं किसिमले दिन सकिन्छ ,यो एकप्रकारको सम्झनाको निरन्तरता हो । यहि कुरामा आधार बनाएर कमाउधन्दा चलाउनु खोज्नु अपराध नै हो ।
मान्छेहरु जन्मन्छन मर्छ्न । मान्छे जस्ता लाखौं जीवहरु सृष्टिमा जन्मन्छन मर्छ्न । यो सामन्य कुरामा नेपालमा बाहुनवाद हाबी छ ।
नेपालका कयौं सोझा सिधा श्रमजीवी बाहुनहरु छ्न , जो परजीवी दासताको जीवन बाच्दैनन । स्वभलम्बी छ्न । काम गर्छन् । उनीहरूप्रती हार्दिक सम्मान छ्न ।
बाहुनवादले जनजाति समुदाय पनि आक्रान्त छ्न । यो तिब्र रूपमा सबैतिर फैलिदैछ्न ।न्यायसम्मत समाजमा बाहुनवाद अबरोधक छ । आउनुस समाजबाट बाहुनवाद हटाउ ।