केही दिनयता म तराई र पहाडको यात्रामा छु ।यो क्रममा म सडकको अवलोकन गरिरहेको छु । मधेस बिद्रोहपछि तराईको बिकासमा तीव्रता आएको पाए । तराईमा सडकमा राम्रो प्रगति भएको पाइयो । पिच भएका बाटो वरिपरि ससाना बजार बिस्तार भएको दृश्यले मन लोभ्यायो । तराइको बिकास हेर्दा त्यहा जनसंख्याको पछौटेपन पनि सम्झिए । बिकासलाई जनतामा जोडने कुरा अब तराईमा बाँकि छ ।
तराईमा बजारमा बिस्तार भएसँगै त्यहाँ जनसंख्यामा पनि वृद्धि भएको छ । पहाडीया र मधेसी बिभेदको रेखा चिर्दै तराईमा एकताको बस्ती बिस्तार भएको मेरो स्वमुल्याङ्कन छ । यो स्वमुल्याङकन मुर्त भने छैन ।
एकाताका थियोे पहाड छोडेर मधेस झर्ने लर्को लाग्थ्यो । यो लर्कोको इतिहास लामो छ ।झोडा फाडेर बस्ती बसाउने पहाडीयाले आधुनिक मधेसको निर्माण गरेका हुन ।मधेस आदिवासी थारू लगायतले बनाएको मधेसमा आधुनिकता छाएको छ । म पुराना छाप्राहरुको ठाँउमा आधुनिक बिल्डिङ बनेका छ्न ।फराकिला बाटो बनेका छ्न ।अब तराईको तस्वीर फेरिएको छ ।
पहाडमा आज कच्ची सडक खन्ने फेसन चलेको छ।पचासको दसकमा आएको फुलबुट्टे साडी भन्दा सत्तरीको दसकमा खनिदै गरेका बाटोले बढी चर्चा पाएको छ । कोदो फल्ने वारि मासेर सडक खन्ने पहाडी जीवन सौखिन हुँदै गएको छ। बरु पहिरो लडोस । घर बगाओस । तर सडक खन्ने कुरामा कमी आएको छैन । सडक खनेर के गर्नु ?पिच हुन सकेको छैन । पिच नभएको सडकमा बुङबुङ धुलो उडदै छ ।पहाडमा बिकास भनेको यहि सडक हो ।पहाडमा बास्तबमा फेरिएको छैन ।

बदलिँदो सडकमा हामीले नयाँ नेपालको नक्सा खोज्यौ भेटन सक्छौ । तर यो नक्सामा नयाँ नेपालको मुर्त तस्वीर छैन ।नयाँ नेपालको मुर्त सपना छैन । नेपाल नयाँ बन्दैछ । तर कस्तो ? खोरिया मासेर सडक खन्दै मेयर सापहरुलाइ मेरो प्रश्न छ – यो नयाँ नेपाल कस्तो हो ? महेन्द्रको जस्तो कि फरक ?
आउनुस टेवल टक गरौ ।