डोनाल्ड ट्रम्पलाई चुनावमा पराजित गर्दै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो पहिलो काम कोरोना महामारी नियन्त्रण हुने बताएका छन्।

आइतबार देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै उनले भने, ‘मेरो पहिलो काम कोरोना महामारी नियन्त्रण गर्नु हुनेछ। म सोमबार नै एउटा टोली घोषणा गर्नेछु। जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञ रहनेछन् र हाम्रो कोभिड प्लानअन्तर्गत काम गर्नेछन्। यो योजना जनवरी २१ देखि लागू हुनेछ।’