गायिका अन्जु पन्त र गायक निशान भट्टराईको आवाजमा नयाँ गीत ‘ढाकाटोपी’ सार्वजानिक भएको छ । सार्वजनिक गीतमा रघु परियारको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । गीतको निर्मित भिडियोमा भने केइशा रावत , जय रसाइली र दीप रत्न श्रेष्ठको अभिनय रहेको छ ।

सार्वजनिक डान्सिङ गीतको भिडियोलाई सुभाष थापा प्रोडक्सनले तयार गरेको छ । भिडियोमा सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । यसमा नृत्य निर्देशन र निर्देशन रामजी लामिछानेले गरेका छन् ।