sharethis sharing button
काठमाडौं । नेपाली लोक गित संगितले सांगितिक बजारमा चर्चा परिचर्चा पाइरहेको छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्काे गर्दै उत्कृष्ट गीत संगीत बजारमा दिन दिनै आउने क्रम जारी रहेका छन् । यसै बिच लोकप्रिय सर्जक गायक जि.बि. सुनारको ‘फूलफुल्यो डालिमा’ बोलको डान्सिङ्ग लोक दोहोरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक जि.बि सुनार र गायिका पार्वती भुजेलको आवाजमा रहेको गितमा गायक जि.बि सुनारको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गायक जि.बि सुनारको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा एलिना बि.सि, केशव देवकोटा र सुरेश देवलको अभिनय देख्न सकिन्छ ।

उक्त गितको म्युजिक भिडियो OSR DIgital युटुव च्यालनबाट बजारमा पठाईएको छ ।