हिन्दुहरुको महान चाड दसै तपाईं हाम्रो घर आगनमा भित्री सक्यो।दसै मनाउन शहर पसेका मानिसहरु गाउँघर पस्दै छन।बिदेशिएका दाजुभाइ घर फर्कदै छन।दसै रमाइलो हुने आसमा धेरैको मन रमाएको त होला तर कोभिड १९ का कारण यसपालिको दसै धेरैका लागि खल्लो हुने भएको छ। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो मुलुकलाई पनि छाडेन।यसको कारण देशको अर्थतन्त्र धरासायी भयो भने धेरैको रोजिरोटी खोसियो।ब्यापार ब्यबसाय ठप्प भयो भने दैनिक ज्याला मजदुरी गरेर खानेहरुको जनजिवन चौपट भएको छ।अहिले सम्म यहि कोरोना भाइरसका कारण    बिश्वमा लाखौ जनाले ज्यान गुमाइसकेका छन् भने सङ्क्रमितको सङ्ख्या उतिकै बढिरहेको छ। कोरोना फैलन नदिन सरकारले घरीघरी लकडाउन गरे ता पनि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मा खासै कमि भएको पाइएन।बरु सरकारले लकडाउन लगाउदा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुको रोजिरोटी बन्द भयो।उधोग कलकारखाना बन्द भए,व्यापार ब्यबसाय ठप्प भए,तैपनी जनताले यसको सामाना गरिरहे।एकातिर महामारीको सामाना गर्नु त छ्दै छ अर्कोतिर यहि कोरोना महामारीको बिच हामीले महान चाड दसै पनि मनाउनु छ।मीठो खाने राम्रो लगाउने इष्ट मित्र भेटघाट गर्ने गराउने भन्दा पनि आफू र आफ्ना परिवार सुरक्षित बसेर जुन ठाउँमा हुनुहुन्छ त्यही दसै मनाउदा सबैलाई राम्रो हुन्छ।यो समय भनेको रमाइलो गरेर भिडभाड गर्ने समय होइन , ज्यान बाँचे अर्को बर्ष रमाइलो गर्ने दिन त आइहाल्छ नि !बडादसैको सबैमा शुभकामना ।