काठमाडौं । लोक दोहोरी गायक जय देवकोटाको शब्द संगितमा रहेको दशै तिहार गीत ‘पर्खाइ परदेशिको’ सार्वजनिक भएको छ । गायक जय देवकोटा र बिमल डागिको आवाजमा रहेको गित आइतबार सार्वजनिक गरीएको हो ।

निर्देशक मदन खड्काको निर्देशनमा निर्माण गरीएको भिडियोमा गायक जय देवकोटा , सगुन शाही, अर्जुन सापकोटा र संञ्चिता शाहीले अभिनय गरेका छन् । प्रदेशिको पिडालाई प्रस्तुत गरिएको भिडियोलाई विरेन्द्र भट्टले छायांकन गरेका हुन् ।