प्रदेश पाँचको नाम लुम्बिनी राखिएसँगै बौद्धमार्गी उत्साह छाएको छ । ब्यक्तिगत रूपमा मलाई धेरै नै उत्साहित बनाएको छ।म एक दशकदेखि पाँच नम्बर प्रदेशलाई लुम्बिनी प्रदेश बनाउनुपर्छ भन्ने माग राख्दै आएको छु ।
पाँच प्रदेशमा महामानव गौतमबुद्धको जन्म भयो ; यही भुमिबाट बिश्व शान्तिको सन्देश फैलियो । अर्बौं बौद्धमार्गीका निम्ति लुम्बिनी पबित्र तिर्थ हो । यहाँको माटो छुन पाउनु हरेक बौद्धमार्गीको सपना हुने गर्छ्न । बौद्धिकहरु नेपाललाई चिनारी दिने माध्यम लुम्बिनी भएको कुरामा बिश्वास गर्छन् ।नेपाललाई नचिन्नेहरुले पनि लुम्बिनीको नाम सुनेका छ्न उनीहरूलाई लुम्बिनीबारे जानकारी छ ।
केही समय पहिले भारतले नक्कली लुम्बिनी बनायो ।लामोसमयदेखि भारतले बुद्ध भारतमा जन्मिएको भनेर प्रचार गर्दै आयो । चादनीचोक टु चाइना जस्ता चलचित्र बने ।भारतले आफ्नु पाठयक्रममै बुद्धलाई भारतको भनेर पढायो । एकजना भारतीय नेताले बुद्धलाई महान भारतीयसम्म भन्न भ्याए । हाम्रो नेताहरू बुद्धबारेसम्म बोल्न समेत हिच्किच्याए ।भारतबाट बारम्बार बुद्धमाथी प्रहार हुँदा नेपालका चर्चित बौद्ध गुरुहरुसमेत बोलेनन । यो सुर्य कुमार घिसिङ दिउसो निस्कने पत्रिकामा समेत बोल्न बाध्य भयो । पत्रिका त बिक्यो तर हाम्रो ऎजेन्डाले स्थापित हुन सकेन ।
आज एउटा प्रदेशको नामसम्म लुम्बिनी राख्न नपाउनु दु:खद हो ।लुम्बिनी प्रदेशको नामाकरण हुँदा बिवाद हुनु हाम्रो लागी बिडम्बना हो ।
यो बाहुनहरुले चलाएको देश हो ।नेपालका धेरै गाउँपालिकाको नाम हिन्दु देबिदेवताको नाममा राखिएको छ । बौद्ध धर्म जनजाती समुदायमा प्रचलित धर्म हो।यसैले पनि बौद्ध समुदायप्रती हेलाभाव छ ।लुम्बिनी प्रदेशमा त्यस्तै भएको हो।एउटा धर्मलाई काखी च्याप्ने अर्को धर्मलाई भेदभाव गर्ने नितिले राज्यलाई निस्पक्ष बनाउदैन ; राज्यको पक्षधरता निर्धारण गर्छ । राज्यको पक्षधरता हिन्दुतिर धेरै देखियो।।

आज दिनमा मानवता हराएको छ , मानवीय सद्भाव हराएको छ । हिंसा बढेको छ ।यस्तोबेला गौतम बुद्धको सन्देश झन सान्दर्भिक भएको छ । के हामी हाम्रो देश नाममा बुद्ध जोडदा फरक पर्छ र ?