सिन्धुपाल्चोकको पहिरोको कारण धेरै परिवारले क्षति बेहोर्नु पर्यो । त्यही पहिरोमा परेर ज्यान गुमाएकी एक चेलीको सत्यकथामा आधारित “आफ्नो त बरीलै” नामक म्युजिक भिडियो निर्माण गरिएको छ ।
साईराम पिक्चरले निर्माण गरेको म्युजिक भिडियोमा दमदार बनेको निर्माण पक्षको दाबी छ । धेरै लामो समयपछि शान्ति श्री परियारले यस्तो सत्य घट्नामा आधारित गित गाएकी हुन । बोल मायापछि बियोगको गीतमा अन्जली अधिकारीले मेहनत गरि अभिनय गरेकी छिन ।अधिकारीलाइ चर्चित मोडेल सनम कठायतले साथ दीएका छ्न ।
चलचित्र निर्देशक राजबहादुर सानेको शब्द सङ्गीत र परिकल्पना रहेको गीतको छायांकन मदन कास्यप घिमिरेले गरेको हुन । यहि असोज २२ गते साईराम पिक्चर च्यानल मार्फत विश्वब्यापी रिलिज गरिएको भिडियो सामाजिक संजालमा अत्याधिक रुचाइएको छ ।
परिकल्पनाकार साने भन्छ्न जीवन जति सुन्दर हुन्छन् मृत्यु त्यति नै दर्दनाक हुन्छ । दुर्घटना र प्राकृतिक बिपत्तिबाट हुने मृत्युुको कल्पना गर्दा पनि मन अमिलो बन्छ्न ।पहिरो त्यस्तै वियोगान्त हुन्छ । यही भावलाइ हामीले गीतमा समेटेका छौं । म्युजिक भिडियोमा यो खालको कन्सेपमा नेपालमा कमै मात्रामा म्युजिक भिडियो बनेका छ्न ।केहि समय अगाडि प्रकाश सपुतले यस्तै भावमा एउटा म्युजिक भिडियो ल्याउनु भएको थियोे ।हामीले त्यो भन्दा फरक शैलीमा गीतलाई गति दिएका छौ ।आशा छ यो गीत सबैको मनमा बस्नेछ ।