🌹बडा दशै🌹
बिन्ती गर्छु🙏मेरो घरमा दशै नपठाउ सरकार
पठाउछौ भने पहिले मेरो गरीबी हटाउ सरकार

भोक मारेर हरेक साँझ निदाउने आदत छ मेरो
म खादिन मिठो परिकार तिमीनै खाउ सरकार

कसैको जढ्यौरिमा कयौ दशैहरु बितेको थियो
अब लाउदिन नयाँ नाना आफै लगाउ सरकार

हे”दुर्गाभवानी”मेरो शिरमा बस देखावटी गर्दिन
माफ गर म मान्दिन दशै आफै मनाउ सरकार
साबित्रा उमारा,   क न पा 2 लामिडाँडा सिन्धुली