हेटौंडा। करिब दुई दशकअघिसम्म मकवानपुरका विभिन्न ठाउँका सानादेखि ठूला खोलामा बल्छी खेल्नेको भिड लाग्थ्यो । मेलापात सकिन पाएको हुन्थेन, गाउँका पाकादेखि युवाहरु खोलामा बल्छी खेल्न जान हतारो गर्थे ।

माछा मार्न प्रयोग गरिने अंकुशे र त्यसको टुप्पोमा माछाले मन पराउने आहार राखेर खोलामा जाने गर्थे । लठ्ठीमा रहेको अंकुशे खोलामा डुबाएपछि आहारा टिप्न खोज्दा माछा बल्छीमा अल्झिन्छ र त्यसलाई बाहिर निकालेर मार्ने गरिन्थ्यो ।

त्यस बेला यो कार्य रमाइलो थियो, आफूलाई समय बिताउन सजिलो हुने र घरका लागि ‘तरकारी’ पनि हुने । माछा अंकुशेमा परोस्-नपरोस् तर, बल्छी खेल्न भने छाड्थेनन् ।

पछिल्लो समय बल्छी खेल्ने हराउँदै गएका छन् । यदाकता खेलेको देखिन्छ तर पहिलेजस्तो यसमा मान्छे झुम्मिएका देखि“दैनन् । किनकि, मानिस व्यस्त हुन थाले, घरघरमै पालिन थाले, व्याबसायिकरुपमै माछा पाल्ने गरिनाले बल्छीप्रति आकर्षण घट्दो अबस्थामा छ ।

परम्परादेखि चलिआएको बल्छी हाल्ने रमाइलोलाई अब मकवानपुरको इन्द्रसरोवर गाउ“पालिका संरक्षणतर्फ लागेको छ । विभिन्न जातका माछापालन र सौन्दर्यसहित चारैतिरको हरियालीमा रमाउन जाने पर्यटकले अब छुट्टै मनोरञ्जनको स्वाद चाख्न पाउने भएका हुन् ।

पालिकास्थित मानवनिर्मित इन्द्रसरोवर (कुलेखानी) जलाशयमा सशुल्क बल्छी खेल्न पाइने भएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले इन्द्रसरोवर मत्स्य व्यबसायी संघले जलाशयमा स्थान निर्धारण गरेर सशुल्क बल्छी खेल्न दिने निर्णय गरेको हो ।

जलाशयको मार्खुमा कालीदेवीथान, गैरा, मार्खुचौर र चल्खुखोला क्षेत्र र कुलेखानीका लागि औलेटको क्षेत्रमा बल्छी खेल्न पाइने इन्द्रसरोवर मत्स्य व्यबसायी संघ अध्यक्ष गोपाल भ्लोनले जानकारी गराउनुभयो ।

जलाशयमा बल्छी खेल्न स्थानीयका लागि आधा दिनको तीन सय र पूरा दिनको पाँच सय रुपियाँ शुल्क तोकिएको छ भने वाह्य व्यक्तिका लागि आधा दिनको पा“च सय र पूरा दिनको एक हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ ।

जलाशयमा विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पूरा दिन र विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म आधा दिन निर्धारण गरिएको छ । कोरोना महामारीको स्थितिमा भने सामाजिक दुरी, मास्कलगायत स्वास्थ्यमापदण्ड अपनाएरमात्र बल्छी खेल्न दिइने बताइएको छ ।

पालिका पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । काठमाडौं, हेटौंडा र थाहानगर नजिक पर्ने उक्त पर्यटकीय क्षेत्र पुग्न साना तथा ठूला सबैखाले सवारीसाधन सहजरुपमा प्रयोग गर्न सकिन्छ । त्यही भएर पनि धेरै मानिस त्यहाँ पुग्ने गर्दछन् । विभिन्न सम्भावना बोकेको पालिका हाल मत्स्य विकास केन्द्रका रुपमा समेत विकास भइरहेको छ ।नेपाल समाचारपत्रबाट