आउ टाढा हुने गरौं प्रयास एकछिनको लागी
तिमी धर्ती ,म आकाश एकछिनको लागी

जब घरको दु:ख सम्झिन्छु साहुको ऋण सम्झिन्छु
रोकिदिउ लाग्छ आफ्नै सास एकछिनको लागी

प्रयोगको लागि तपाई सज्जन बनेर हेर्नुहोस
बनिदिन्छ दुनियाँ बदमाश एकछिनको लागी

यदि दुश्मनको शक्ति थाहा पाउनु छ भने
तपाई बनिदिनुस जिउदो लास एकछिनको लागि

अभिमन्यु पोखरेल
अर्घखाची