अतितको तितो सत्य
_✍️sweta aryal

आज धेरै पछि म मेरो आतितको तितो कथा भन्न चहान्छु।त्यो कथा त्यो घटना जुन हजुरहरुलाइ थाहा छैन। सधै अरुको जीवन उनिहरुको रहनसहन , बोलिचाली, जिबनका हरेक गतिविधि यहाँ सम्मकी उनिहरुको आतित नियालेर आफ्नो कथा मर्फत प्रस्तुत गर्ने म आज आफ्नै जिवनको बरेमा हजुरहरुलाइ बताउन जाँदै छु। सबैको जीवन , रहनसहन , उहीँ गतिमा बग्ने खोला हुदैन। किनकी कहिले कहिँ खोला लेपनि आफ्नो गति परिवर्तन गर्छ , आफ्नो आकार परिवर्तन गर्छ ।तेसै गरि मेरो जीवनपनि अरुको जस्तो सरल छैन। हेर्दा सुखमय देखिने मेरो जिवनमा अनेकौ पिडा , सङ्हर्श र आँसु लुकेको छ। भन्ने गर्छन नि ” जीवन सुखमय बनाउन सङ्हर्श गर्नु पर्छ ” । तर मेरो जिवनमा भने सङ्हर्श , पिडा नभएको पल भएन। मानौ पिडा र सङ्हर्स ले मलाई नछाड्ने प्रण लिएका छन् । भन्ने गर्छन नि “मान्छे को आतितले उसको भबिस्य र बर्तमान लाई असर पर्छ”। नाम मेरो स्नेहा।जिबनलाइ जति बुझ्न खोज्यो तेति कठिन हुँदै गयो।जीवन दुनियाले बुझ्न नसक्ने तनसाह किम जोङ उन जस्तै हुँदै गयो।सुरु गरौ मेरो जिबनको कथा तेस्को लागि मेरो बाल्यकालमा प्रबेश गरौं ।मेरो जन्म साधारण परिवारमा भयो । उराठ लाग्दो चैत महिनामा जन्मेर होला जिन्दगी नै मोर्छाको / ओइलायको फुल जस्तै भयो।

म आफ्नै आमाको कोख बाट जन्मे पनि मेरो पालनपोषण , हेरविचारको समपुर्ण जिम्मा मेरि कर्मदता मेरि ठुलो मुमा ले लिस्यो।मेरो जन्मको केही महिना सम्म बाबा आमाको राम्रो थियो रे । बाबा मेरो बस चलाक हुनुहुन्थ्यो त आमा गृहणि । मेरो पालनपोषण सबै राम्रो सङ हुँदै थ्यो मेरो कर्मदाता मेरि प्राण प्यारी मामु कमला ले मलाइ तेल लगाइदिदै भनिसिन्थ्यो ” तेते लाई लाई नानी बड बड ” म एक बर्ष भए । तेति खेर मेरा जिवनका अनेकौ मोडहरु थालनी हुने सङ्केत प्राप्त भयो। म प्राय जसो मेरो मामाको घर यानिकी मामाघरमै बस्थे । मेरो मामाघर रसुवा अनि मेरो बाबाको घर नुवाकोट । मेरो जन्म भएको १/२ बर्श मात्र के भएको थियो । मेरो बाबा आमा को सानो सानो कुरामा झगडा पर्थ्यो। मेरो आमा बुबा को प्रेम बिबाह भएको हो परिवार को मन्जुरीको बिपरित । तेति खेर मेरि आमा मात्र १४/१५ बर्शको थियिन रे। मेरो हजुर आमाको भनाइ बिपरित जादा मेरि हजुर आमालाइ पछि थाहा भएपछि घरको खामो छेवैमा बसेर टाउको मा हात रख्दै भन्नुभयो रे ” मैले खाइ नखाइ गरेर हुर्काको थिय।मेरो प्रतेक चाहाना मारेर छोराछोरीकै निम्ति भनेर रातको निन्द्रा , दिनको भोक , चैतको हुरी , असार साउनको पनि , भदौ को चर्को घाम , अनि हिउद को चिसो नभनी आफ्नो सान्तानको लागि भनेर दिन रात काम गरेको आज एहि दिन देख्न रहेछ ।” भन्दै रुनु भाको थियो रे।

मेरो हजुरआमा को १० जना छोराछोरी ।जस्मा ४ भाइ छोरा त ६ दिदिबहिनी । मेरो जन्मदिने आमा सबै भन्दा कान्छी।सबैको माया पाएको ले होला बिग्रेको । सनै देखि उनको स्वोभाब अरु दिदिबहिनी भन्दा अलिक फरक ।भन्छन् नि ” भग्यमा जे लेखेको छ तेहि पहिन्छ ” । तर मलाइ मानिस ले आफ्नो भाग्य आफै लेख्छ।यो थियो मेरो जन्म दिने आमाको आतित । अब कहानी मै फर्केउ । मेरो बाबा आमाको झगडा क कारणले हुन्थ्यो मलाइ खसै त याद छैन । मेरो बाबा ले रक्सी सेवन गर्नु हुन्थ्यो आरे तेति खेर आमाले कराउदा झगडा पर्ने गर्थ्यो। म कच्चा बलाख जब झगडाको अर्थ समेत थाहा थिएन म रोक्न प्रयास गर्थे । मलाइ थाहा छ हजुरहरुको मनमा खुल्दुली भएको छ ” कसरी रोक्थिन होला जबकी आफै खाना खान पनि सक्दिनन् ?” भन्ने प्रशन पनि जागेको होला। धन्ना नमान्नुहोस म भन्छु कसरी।म तेह बीचमा गयर उसलाइ छोड , उसलाई नपिट भनेर हातमा भएका डाडु , बेलन खोस्नु त परै जावोश म बिचमा गयेर बोल्नुको पनि कुनै औछुत्तो थिएन । गजबको कुरा त के थियो भने मेरो कर्मदाता मेरि दोस्रो आमा मेरि मामु हाम्रो नजिकै बसिसिन्थ्यो ताकी हामिलाइ आप्त्ठयारो पर्दा सहयोग गर्ने हिसाबले । मेरो ठूलो मामु बस्ने घर हामी बस्ने ठाँउ बाट धेरै टाडा नभएकोले म खुरुखुरु गयर ” ममि ममि , बाबाले ममिलाइ पिटिस्यो ” भन्दै जान्थे। उहाँ मानबको रूपमा देबि । मलाइ ” ल हिड छोरी” भन्दै हात समातेर झगडा रोक्न हिडिसिन्थ्यो।

मेरो आमाले जन्माको भन्नू मात्र हो । मेरो प्रतेक आबस्यकता , चहाना पूरा गर्नकै निम्ति आफ्नो निजि चहाना दबाउने , मलाइ कम्मरमा बोकि सारा ठाउँ घुमाउने , म रुदा संगै रुने , मलाइ भोक लाग्दा आफ्नो भोक मेटेर मलाइ माउ चरो ले आफ्नो बचेरालाई चारो खुवाको जसरी नै खुवाउने , मेरो खुशी मै आफ्नो सारा सन्सार देख्ने , मेरि देबि समान मेरि ठुलो ममि नै मेरो असली आमा हुन् ।मेरो जननी , मेरो मुटु , मेरो पराण सबै मेरि मामु कमला हुन् ।म समय संगै ठुलो हुँदै गए जति ठूलो हुँदै गए उतिनै जिबनले नया मोडहरु लिन थाले। समय संगै सुध्रिने आशा रखेको मेरो जन्मदिने बाबा आमाको सम्बन्ध समय र परिस्तिती संगै अझ बिगृदै गयो।