सुदुरपश्चिमका र्यापर, गीतकार तथा संगीतकार राजेन्द्र भट्ट मिस्टर आरजेको ‘मुना’ बोलको गीत हालै सार्वजनिक भएको छ । गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
यश गीतमा राज खुम्बु, सुजाता बर्माको स्वर रहेको छ भने राजेन्द्रको र्याप देख्न सकिन्छ । नवराज कलौनीको शव्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ । गीतमा नाजिर हुसेन, स्वस्तीमा खड्का, रियासा दाहाल आदीको अभिनय रहेको छ । सामाजिक संजालमा गीत धेरै मन जित्न सफल भएको छ ।