लोकप्रिय गायक सुनिल गिरि र नवगायिका मेलिना मैनालीको स्वरमा रहेकोे मुग्लान बोलको गीत अहिले युबटुब ट्रेनिङमा छ । यो समाचार तयार पार्दासम्म २६ औ नम्बर ट्रेनिङमा रहेकोे यस गीतमा अधिकाम्सले सकारात्मक प्रतिक्रिया दिएका छ्न । सकारात्मक प्रतिक्रिया दिने दर्शक स्रोताहरु बढिरहेको छ्न ।यसबाट गायक गिरि अत्यन्त हर्सित छ्न ।
मौलिक शब्द र लोकलयमा रहेको यस गीत नेपालीपनको फ्युजन छ । आफ्नु प्रेमी मुग्लान हिडन लाग्दा जुन दु:खद अनुभुती हुन्छ उक्त अनुभुती गीतमा मार्मिक रूपमा ढंगले प्रस्तुत गरिएको छ । लोकलयले झन गीतलाई मधुरता थपेको महसुस हुन्छ । म्युजिक भिडियो पनि उतिकै दमदार छ ।निर्देशनसमेत गायकले नै गरेका हुन ।
सुनिल जहाँ जन्मे, जहाँ हुर्के त्यो समाजमा लाहुरे जाने कुरा जीवनपद्धति कै रूपमा थियोे । यहीकारण पनि उनको गीतहरुमा लाहुरे सस्कृतीको अनेकौं पिडा अभिव्यक्त भएको पाइन्छ । मुग्लान पनि त्यही मेसोमा आएको गीत हो । आजको आधुनिक मुग्लान भनेको अरब कतार दुबै हो ; त्यो मुग्लानमा रेलको धुवाँ नआएपनी तातो न तातो मरुभूमिमा लाखौं नेपालीले काम गरिरहेका छ्न ।उनै परदेशी नेपालीहरुले यो गीत मन पराएका हुन ।