रसुवा जिल्लाको कालिका गाउँपालिका, वार्ड नम्बर २ ,गुम्बा डाँडामा जन्मिएका पासाङ् लोप्चन लोकप्रिय गायक हुन । तामाङ सेलो होस वा आधुनिक गीत किन होस उनले गाएपछी त्यो दर्शक स्रोताको मन बस्न सफल हुन्छ ।उनी गीतलाई न्याय गर्न सक्ने गायक हुन ।दर्जनौं गीत गाइसकेका लोप्चन चर्चा आउन खोज्ने गायक होइनन । राम्रो गीत गाउन पाए हुन्थ्यो भन्ने चासो र चिन्ता चाहिँ सधैं हुन्छ उनमा ।गीत सङ्गितप्रति अपार र समर्पण छ गायक लोप्चनमा ।
उनका गाएका गीतहरु सिकारी , ए जाली माया, साह्रै नै चिसो हिमाली गाउँ, सुन्दर सपना,प्यारो रसुवा ,अल्लारे बैंस आदि हुन ।रसुवा जिल्लाको भौगोलिक, सास्कृतिक ,प्राकृतिक सुन्दरतालाई समेत उनले गीतमा समेटेका छ्न ।रसुवा जिल्लाबारे गीत गाउने थोरै गायकमध्य उनी पनि एक हुन ।
राजधानी नजिक रहेको रसुवा जिल्ला जति बिकट छ यहाँ प्राकृतिक सुन्दरता उतिकै मोहक छ ।यही वास्तविकता उनका गीतहरुमा झल्किएको पाइन्छ ।सानै उमेरदेखि सङ्गीत रुचि राख्ने लोप्चनले यो क्षेत्रमा स्थापित हुन धेरै नै सङघर्स गरेका छ्न ।यो स्थान आइपुग्न सानो मेहनतले पुग्दैन ।उनी भन्छ्न म अहिले जिन्दगीको देउरालीमा उभिएको जस्तो छु । यो देउरालीमा आउन कति उकालो ओरालो झरीयो । त्यो स्मृति बनेको छ । अतीत बनेको छ ।
सङ्गितको बारे उनको आफ्नै बुझाइ छ ।भन्छन् -संगीत एक किसिमको मनोरञ्जन हो । सङ्गीत दुःख सुख बिसाउने चौतारी हो ।यो मान्छेको जीवनको एउटा महत्त्वपूर्ण अंग बनेको छ ।
रसुवा जिल्लाबारे उनले गाएको गीत जिल्लावासी रुचाएका छ्न ।