काठमाडौंं । लकडाउन जारी रहेका बेला सडकमा भिडभाड बढ्न थालेपछि गृह मन्त्रालयले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ ।  सोमबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गराउन भनेको हो ।

लकडाउन जारी रहेका बेला आमसर्वसाधारणलाई काम नपरी घर बाहिर ननिस्कन भनेको मन्त्रालयले मास्क नलगाई अटेर गरी जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गरिने जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताए ।अन्नपूर्ण पोस्टमा खबर छ।