दाङ । दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो देखाउदै आत्महत्या गरेकी छिन् ।

आत्महत्या गर्ने युवती तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेकी जनाइएको छ । युवती घरमा एक्लै रहेको मौका पाएपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त भएसंगै प्रहरी गौतमको घर पुगेको थियो। पोस्टमार्टमका लागी शवलाई प्रादेशिक अस्पताल लगिएको जनाइएको छ । प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएको छ ।