काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरिएको छ । आइतबार बसेको कांग्रेस पदधिकारीसहित पूर्वपदाधिकारी बैठकले आगामी ७ देखि १० फागुनका लागि तय भएको केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।

तर, केन्द्रबाहेक तल्ला तहका अधिवेशनका मिति भने बैठकले परिमार्जन गरेको छ । तल्ला तहका अधिवेशनका परिमार्जित मितिको ड्राफ्टसमेत पदाधिकारी बैठकले नै बनाइसकेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वनिर्धारित मितिमै महाधिवेशन गर्ने गरी बैठकले निर्णय गरेको र तल्ला तहका अधिवेशनका मिति भने हेरफेर गरिएको बताए ।आजको राजधानी दैनिकीले खबर छापेको छ।