बा-आमाको दाँतले चपाउन सक्दै कमाउनु छ ,मीठो मसिनो रुच्दा रुच्दै खुवाउनु छ।थाहा छ मलाई पनि अशक्त हुनु थलापर्नु हो ओछ्यानले जकेड्नु हो त्यो समयमा खानाका परिकारका साथमा के खान मन छ भनेर बा आमालाई सोध्ने दिन न आओस् भन्नकै निम्ति कमाउनु छ।

कमाएर मात्रै दिलाउन सक्ने रहेछु नत्र त उहाँहरुले जे जति कमाएर राख्नु भयो जगेर्ना गरेर राखेको रित्ताउनु मात्रै हुनेछ।धन कमाएर त कहिल्यै नपुग्ला तर बा आमालाइ खुशी राख्न सक्ने खानेकुरा किनेर खुवाउन सक्ने जति पैसा कमाउनु छ। उमेर छदै ती सुख उपभोग गराउन सकुँ, मेरा बुबा आमाले गरेको दुःखको बदलामा सुख दिन मन छ।मेरो खुसी भन्दा पर केही नदेख्ने बुबा आमालाइ बुढेसकालमा पावर वाला चस्मा न्यानो लत्ताकपडा दिलाउन सक्ने हुनु छ। छोराको जिम्मेवार काँध जतिको बलियो बन्नुछ मलाइ।मेरो चाहानाले अलग नगराओस कि म छोरा हू या छोरी।

प्रतिबन्ध त धेरै लाग्लान, म माथि छोरीमान्छे भएर किन धेरै सपना देख्नु ? उमेर पुगि सक्यो विवाह गरे भइहाल्यो नि ,किन नानाथरी कुराहरु सोच्न पर्यो छोरामान्छेको बराबरी गर्न किन खोजेकी भन्छन प्राय मेरो लक्ष्य सुनिसकेपछी।प्रतिक्रिया कहि राम्रै आउँछ , ए ए सरि म राम्रो बन्न खोज्या हैन है म आफ्नो बुवा आमाको सम्मान अनि खुशीका लागि नै देखेको सपना हो। अनि एक आज्ञाकारी छोरी हुनु छ।
अनि म बेरोजगारी भएको कुराले प्रतिदिन कुटिरहन्छन कहिले साकार हुने हो बा आमालाई खुशी दिन सजिएका सपनाहरू ।मनका भित्ता भरी सके गुनासोका कुराहरुले। अब त सबैलाइ थाहा भइसक्यो मेरो सोचाइ अब झन कम्मर कसेर मेहनत गर्ने छु सोच्दैछु अनि अवसरको पर्खाइमा छु कहिले पाउने हो त्यो कामको अवसर।
पूरा गर्न नसकेको खण्डमा लज्जित हुन नपरोस् ।