कोभिड १९ ले यतिखेर विश्वबजार नै आक्रान्त पारिरहेको अबस्थामा नेपालमा पनि फिल्म तथा कला क्षेत्रमाा यसले  ठूलो असर पारिरहेको  छ ।
एक दशक अघि देखि फिल्म,टेलिफिल्म,म्युजिक भिडियो निर्माण गर्दैआइरहेको B.Square Media कम्पनिले “चैत मास” नामक गितको
म्युजिक भिडियो आज सार्बजनिक गरेको छ।
कला इशारा राइले गाएको उक्त गितलाइ रोशन बान्तवाले शब्द र संगीत दिएका छन्।
उक्त गीतमा अर्जुन लम्साल र हिमांजलि बोहोराले मोडलिंग गरेका छन् भने
घनश्याम तिमल्सिना एण्टिनाले निर्देशन गरेका छन् ।
बाबु सेन्चुरी र ह्यारी कट्टेल ले कोरियोग्राफर गरेको भिडियोमा रामकृष्ण कंडेलको छायांकन र बिश्वास भण्डारीको सम्पादन रहेको छ।