काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमससिसी) सम्झौता विरुद्ध देशका विभिन्न ठाउँमा विरोध भइरहेका बेला चितवनमा पनि एमसिसि सम्झौताको विरोधमा प्रर्दशन हुने भएको छ । चितवनका युवाहरुले सोमबार भरतपुर, चौबीसकोठीमा प्रर्दशन गर्न लागेका हुन् ।
एमसिसी देशको हितमा नभएकाले प्रर्दशन गर्न लागेको विरोध प्रर्दशनका अभियन्ता सन्तोष पन्तले बताएका छन् । प्रदर्शन सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण तरिकाले गरिने छ । एमसिसी राष्ट्घाती भएकोले शान्तिपूर्ण प्रदर्शनमा सहभागि हुन अभियन्ता सन्तोष पन्तले सम्पूर्ण चितवनबासीलाई आग्रह गरे ।