काठमाडौं बाफल निबासी समाजसेवी तथा ब्यबसायी तारा बहादुर कुँवरद्वारा लकडाउनको कारण समस्यामा परेका अपाङ्ग,अशक्त, तथा किडनी फेल भएका, प्यारालाइसिस भएका ब्यक्तिहरुका लागि आज दसौ पटक राहत सामाग्री बितरण गरेका छन् । प्रमुख अतिथि पुर्बमन्त्री तथा साम्सद कृष्ण गोपाल श्रेष्ठ, साम्सद बिणा श्रेष्ठ,त्यस्तै काठमाडौं महानगरपालिका १३ नम्बर वडाका वडाअध्यक्ष धुर्ब नारायण मानन्धरको उपस्थितिमा २१ जनालाई प्रती ब्यक्ति १/१ बोराका दरले चामल र १३ जनालाई १०/१० के,जि का दरले जम्मा ३४ जनालाइ राहत सामाग्रीस्वरुप चामल हस्तान्तरण गरिएको समाजसेवी ताराबहादुर कुँवरले चर्चित खबरलाई जानकारी दिए।उक्त राहत सामाग्री बितरण कार्यक्रममा २१ बोरा चामल स्त्रीरोग विशेषज्ञ डाक्टर राधिका कुँवरले सहयोग गरेका थिए भने १३० के जि चामल श्याम खड्गीले सहयोग गरेका थिए।यस अघिका राहत बितरण कार्यक्रममा समेत डाक्टर राधिका कुँवरले सहयोग गर्दै आएकी छन् ।