काठमाडौं । कोभिड १९ का कारण ठप्प भएको पर्यटन क्षेत्रमा बन्दाबन्दीले गर्दा पछिल्लो ३ महिनाको अवधिमा करिब ३० अर्ब रुपैयाँबराबरको क्षति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो।

मन्त्रालयकाअनुसार वार्षिक करिब २ खर्ब रुपैयाँ आम्दानी गर्ने पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन(जीडीपी) मा पुग नपुग ३ प्रतिशतको योगदान छ। हालसम्म पर्यटन क्षेत्रमा सरकारी र निजी क्षेत्रको गरी करिब १ खर्ब ५९ अर्ब रुपैयाँ लगानी छ। नेपालमा दर्ता भएका सबै थरीका उद्योगमध्ये पर्यटन उद्योगको अंश २२ प्रतिशत छ।

यो तथ्यांक समग्र पर्यटन क्षेत्रको हो तर नेपालको हवाई सेवामा मात्रै कोरोनाले पुर्‍याएको आर्थिक क्षतिको यकिन तथ्यांक सरकारसँग छैन। पर्यटन क्षेत्रमा हवाई सेवाको मुख्य भूमिका हुन्छ। पछिल्लो एक तथ्यांकअनुसार नेपालमा पर्यटक अवागमनको संख्या १२ लाखको हाराहारी छ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।