संगीतकार सन्तोष प्रगाढले स्वर तथा संगीत दिएको आधुनिक गित जायज भो ..को छायांकन आज सम्पन्न भएको छ।अचम्मको कुरो के छ भने उक्त गितमा निर्देशक बिश्वास भण्डारीले एक दर्जन भन्दा बढी फिल्म निर्देशक तथा नृत्य निर्देशकहरुलाई कलाकारको रुपमा एकैसाथ नचाएका छन।बाबू सेन्चुरिले कोरियोग्राफ गरेको उक्त गितमा निर्देशकहरु दिपक लामा,निमा लामा,घनश्याम तिमल्सिना एन्टिना,जनकराम न्योपाने,संगीत सागर,बाबू सेन्चुरी,ह्यारी कट्टेल,जयराम साप्कोटा,शिव आर जि,राज तामाङ ,बिबि राना र निर्देशक बिश्वास भण्डारीको समेत अभिनय रहेको छ भने उनिहरुलाइ मोडेल आकृती तामाङले साथ दिएकी छन ।सुशीला तामाङले लेखेको उक्त गितलाई नगेन्द्र दाहालले खिचेका हुन भने निर्देशक बिश्वासको सम्पादन रहेको छ ।केही दिन भित्र यो म्युजिक भिडियो पत्रकार सम्मेलन गरि सार्बजनिक गरिदैछ।