काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगको ग्रस्त शेर्पाको  आफ्नै निवासमा निधन भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

शेर्पा गएको स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।