काठमाडौ  । काठमाडौंको कलङ्की -बाफल निबासी समाजसेवी ताराबहादुर कुँवरले कोभिड १९ को कारण  हात मुख जोड्न समस्या भइराखेका निम्न बर्गिय नागरिकहरुका लागि आफ्नो ब्यक्तिगत तथा हेबि इक्विप्मेन्ट ब्यबसायी महासंघको तर्फबाट लगातार नवौ पटक खाध्यान्न राहत सामाग्री बितरण सम्पन्न गरेका छन। यस अगाडी विभिन्न सामाजिक ,राजनीतिक ब्याक्तित्वहरुको उपस्थितिमा बितरण गरिने गरेको राहत सामाग्री  आज भने नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतको उपस्थितिमा करिब १०० घर परिबारलाई बितरण गरिएको थियो।
आजको राहत बितरण अपांग अशक्त लगायत रोगि, निम्न आय भएकाहरुलाई गरिएको थियो।

चक्रपथ सरसफाइ अभियानका सम्योजक समेत रहेका समाजसेवी कुँवरका अनुसार हालसम्म करिब ९०० परिबार लाई राहत बितरण गरिसकेको जनाए। राहत सामाग्री बितरण कार्यक्रममा आफ्नी छोरी डा.राधिका कुँबरको समेत निरन्तर सहयोग रहदै आएको बताउने ताराबहादुर नेपाल हेभी इक्विपमेन्ट ब्यबसायी महासङका अध्यक्ष  समेत हुन।

लामो समय देखि समाजसेवामा कृयासिल ताराबहादुरबाट राहत थाप्न आएका नागरिकहरु समेत प्रसन्न मुद्रामा देखिन्थे भने मेयर मोहन बस्नेत भन्दैथिए,”बिपत्तिको यो घडिमा समाजसेबी तारा जि बाट अरु धेरैले पाठ सिक्नु आबस्यक छ।”