आदरणीय कमरेड प्रचण्ड
अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी
धापाखेल ललितपुर ।

विषय :- गुनासो पत्र ।

आदरणीय कमरेड, प्रचण्ड लालसलाम ।
म एक सामान्य नागरिक हुँ । पेशाले शिक्षक हुँ । म तपाईको मार्क्स, लेलिन माओवादी दर्शन र बिचारसंग सहमत छैन । १० वर्षे जनयुध्दलाई शान्तिपूर्ण अवतरण गर्नु भइ राजनैतिक मुलधारवाट प्रवेश गरेको हुँदा म तपाईको प्रशंसक मात्र हुँ । त्यसैको नाताले केही लेख्ने जमर्को गरे झर्को नमानी पढिदिनु होला ।
आदरणीय कमरेड,
म प्रजातन्त्र शव्द भन्दा पनि समाजवाद शव्द प्रति मेरो अत्यन्तै मोह छ । मैले वुझेको समाजवाद र यहाँले बुझ्नु भएको समाजवादमा तात्विक केही भिन्नता नहोला । म विपी कोइराला र सि.के. प्रसाईका विचार पढेर समाजवाद शव्द मन पर्न थालेको हो । तपाईले मार्क्स, लेलिन एन्जेल्स र माओको दर्शनवाट प्रभावित हुनु भएको होला मलाई त्यस बारे राम्रो जानकारी छैन । जानकारी राख्न नसकेकोमा क्षमा दिनुहोला ।

आदरणीय कमरेड,
म तपाईको भाषण कला ( मन्तव्य ) र तपाईको विचार, चिन्तन, अभिव्यक्ति, ओजपुर्ण प्रस्तुतीले मलाई कहिले काही सोचमग्न वनाउन बाध्य तुल्याऊछ । नेता हुनु त प्रचण्ड जस्तो हुनु भन्ने लाग्दछ ।फेरी कहिलेकाही तपाईले अंगाल्नु भएको हिंसात्मक आन्दोलनले मलाई दिक्क र निराश पनि तुल्याउछ । जे होस तपाईले शुरु गर्नु भएको १० वर्षे जनयुध्दको जस अपजस तपाई कै थाप्लोमा छ ।
नेपालको भौगोलिक परिवेशलाई हेर्ने हो भने त्यस किसिमको जनयुध्द वा आन्दोलनले यती लामो समय सम्म जान सक्दैनथ्यो भन्ने विश्लेषण गरिएको थियो । तर विविध कारणले गर्दा उक्त आन्दोलनले सफलता प्राप्त गर्यो । कमरेड प्रचण्डको कुशल नेतृत्व त्यस बेला प्रदर्शन भयो । अझ भनौ जनयुद्धमा तपाईको राजनैतिक तथा युद्ध कलाकौशल (दाऊपेच ) देखेर सबै छक्क पर्छन, परिरहेका छन् ।
अझ पछिल्लो समय नेपाली राजनिती र दलभित्र वा वाहिर सबै पक्षको राम्रो ज्ञान छ । राजनैतिक रुपले व्यक्ति व्यक्तिको नाडी पनि राम्ररी छाम्नु भएको छ । कुनवेला कहाँ कसलाई कुन बेला कसरी प्रयोग गर्न सकिन्छ त्यो राम्रो ज्ञान तपाईमा छ । तपाईलाई राजनैतिक तथा रणनीतिक रुपमा सफल र ज्ञाता नै मानिनु हुनुहन्छ । वस्तुस्थितिको गहन अध्ययन गरेर तत्काल निर्णय गर्ने क्षमता राख्नु हुन्छ ।त्यही कारण आज सम्म तपाई सफल हुनुभएकै छ ।
आदरणीय कमरेड,
जनयुध्द शुरु गरे यता र बृहत शान्ति सम्झौता अगाडीसम्म तपाईका आदेश अक्षरशः पालना गर्ने र तपाईलाई युद्धको कमाण्डर मात्र हैन एक असल अभिभावक ठान्दथे । एकै इशारामा मर्न र मार्न तयार हुन्थे । त्यसबेलाका घटनाहरु अहिले सम्झदा आङ जिरिङ्ग हुन्छ । तपाईका कार्यकर्ताहरुको व्यवहार अहिले पनि म १-२ वटा घटनाहरु झलझली सम्झन्छु ।
यहाँले शुरु गर्नु भएको सामाजिक आर्थिक सांस्कृतिक, राजनैतिक परिवर्तन, आधुनिक बैज्ञानिक कृषी क्रान्तिबाट मुलुक सम्वृध्दिको नारा कतै हराएको कारण २-४ कुरा मनमा धेरै दिन देखि खेलीरह्यो । त्यसै कारण यही सामाजिक संजाल मार्फ़त मनको वह पोख्न मन लाग्यो, पोखे । मलाईं क्षमा गर्नुहोला । कत्ती जान्ने भएर बढी लेख्यो नभन्नु होला ।

आदरणीय कमरेड,
१ . २०५२ सालमा शेर वहादुर देउवा प्रधानमन्त्री भएको समय कमरेड बाबुराम भट्टराईबाट बुझाइएको ४२ बुँदे ज्ञापनपत्र र तत्पश्चात् २०५२ फागुन १ गते शुरू भएको जनयुध्दको लक्ष्य उद्देश्य के कति प्राप्ति भयो ? त्त्यो ज्ञापन पत्र पुन पढ्न र समकक्षीसाथी, नेता कार्यकर्ताहरुलाई पढन पढाउन विनम्रतापूर्वक अनुरोध गर्दछु । साथै गणतन्त्र स्थापनाको एक दशक भन्दा बढी समय व्यतिथ भैसकेको र हाल दुइ तिहाइको वाम सरकार त्यस दिशा तर्फ उन्मुख भयो या भएन त्यसको समिक्षा गर्न पनि अनुरोध छ ।

२ . जनयुध्द ताका तपाईहरु नेता कार्यकर्ताहरु गाऊँघरमा सेल्टर लिने कतिपयलाई सामान्ती दलाल पूँजीपति भन्दै कतिपय सोझा साझा गरि खाने नागरिकहरुलाई दु:ख दिनु भयो । कति मारिए कतिका धन सम्पत्ति लुटाए । कतिपय बलात्कृत भए । कतिपय साना केटाकोटीहरुले बुर्जुवा शिक्षा मुर्दावाद भनेर पुस्तक च्यातेर हिडे, शिक्षक, कर्मचारी, सेना, प्रहरी कुटिए मारिए । सयौ सोझा साझा नागरिक जन मुक्ती सेनामा सामेल भए गराइयो ।
युद्धका समय ठुला ठुला सपना बाँडियो । गणतंत्र पश्चात ती सपनाहरु कस कसका पुरा भए भएनन त्यसको लेखाजोखा होला नै ? तर हिजोआज खाँटी बन्दुक उठाउने र प्रशिक्षण गर्दै हिड्ने ती कार्यकर्ता पीड़ित छन भन्ने सुनिन्छ । त्यसलाई अझै सम्म तिनको उचित सम्वोधन नगरिनुले यहाँलाई पेट पोलेकै हुनुपर्छ । अव त केही गर्ने हो कि ? अहिले नगरे अव कहिले गर्ने किनकी दुइ तिहाइको सरकार छ त ?