काठमाडौं । ०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा विद्यालयको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने सरकारको निर्णयपछि अभिभावकले निजी विद्यालयमा उच्च ग्रेडका लागि दबाब दिन थालेका छन् । कोभिड–१९ को संक्रमण बढ्दै गएको र विद्यालयसमेत क्वारेन्टाइनका रूपमा प्रयोग भएकाले पहिलेजस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेडसिट दिने निर्णय गरेपछि अभिभावकले दबाब दिन सुरु गरेका हुन् । आजको नयाँ पत्रीका दैनिकमा खबर छापिएको छ।