कोरोना महामारीका कारण नेपालमा अझैपनि खेलकुद गतिविधि शुरु हुने अवस्था बनिसकेको छैन । सरकारले बुधबार मात्र खेलकुद गतिविधि अझै सुरु गर्न नमिल्ने सुचीमा राखेको थियो । यस्तो अवस्थामा विभाग (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ) मा आबद्ध राष्ट्रिय खेलाडीहरु लकडाउन भएको दोस्रो हप्तादेखि नै ड्युटीमा खटिइसकेका छन् ।
मन्डे र जुनी राईलगायतका अन्य पदक विजेता खेलाडीले भने बिहीबार देखि ड्युटी शुरु गरेका हुन् । मन्डेले बिहीबार प्रहरीको बर्दीमा तस्वीरसहित राखेर लेखे ‘ड्युटी टाइम । सेवा नै धर्म । देशको छोरा । विषम परिस्थितिमा सेवा गर्नु पाउँदा आनन्द लाग्छ । सधैं जनताको साथमा छु । पहिले प्रहरी । अनि खेलाडी’।
मंसिरमा भएको १३ औं सागमा मन्डेकाजीले करातेको एकल काता र टिम कातामा स्वर्ण जितेका थिए । यस्तै उसुकी जुनी राईले महिला ५६ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । नेपालका अधिकांश खेलका राष्ट्रिय खेलाडी विभागिय टोलीमा आबद्ध छन् । स्रोत – hamrokhelkud.com