ताप्लेजुङ । चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची निर्यातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ ।

कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको हो ।

निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले बिना कारण अलैँची रोकेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।