काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको  छ । बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

यससंगै बंगलादेश साफ महिला फुटबल च्याम्पियनसिपको विजेता बनेको छ । नेपालका लागि अनिशा कार्कीले खेलको ५६ औँ मिनेटमा एक गोल गरेकि थिइन् ।