काठमाडौं ।खण्डकाव्यकार ध्रुव पण्डित `ध्रुवतारा´द्वारा लिखित खण्डकाव्य `अनमोल कृतिमाला ´द्वितीय भागको आज लोकार्पण भएको छ । नयाँ बसपार्कस्थिति सामुदायिक प्रहरी सेवाको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य हरिचरण साह हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित अन्यबअतिथिहरूमा अधिबक्ता रामेश्वर भण्डारी , राजनीतिक व्यक्तित्व माधव तिमल्सिना , श्यामराज पाठक , ईश्वर रिजाल सुशील , वरिष्ठ निर्देशक राज बहादुर साने , दिनेश लामिछाने , कलाकार / गीतकार मोहन घिसिङ कुमार निरौला लगायतले पुस्तक लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमको सन्चालन चर्चित कलाकार घनश्याम तिमल्सिना एन्टिना , नाटय कलाकार सरस्वती दाहाल र साहित्यकार पार्वती अधिकारी कार्कीले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक व्यक्तित्व राजकुमार पण्डित , केशर सिटौला,अधिबक्ता रामेश्वर भण्डारी लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिचरण साहले साहित्यले भौगोलिक रूपमा मात्र नभै आत्मिक रूपमा समेत एक हुन सन्देश दिने बताउनु भयो । साहले देशकै प्रधानमन्त्री जस्तो ब्यक्तिले बिदेशमा गएर गैडाज, डाफेज शब्द बोलेको उदाहरण दिदै लेखकद्वारा केही गल्ती भए स्विकार्न सकिने बताए।यस्तै लेखक पण्डितले धेरै संघर्ष प्रस्चात आफुले कृति निकाल्न सफल भएको बताउनु भएको थियो । कार्यक्रममा मोहन घिसिङले गीत , पार्वती घिमिरे पौडेलले सुसेली र पार्वती अधिकारी कार्कीले कविता वाचन गरेका थिए ।लोकार्पण कार्यक्रममा बोल्ने अधिकाङ्स अतिथी बक्ताहरुले ध्रुव पण्डितको साहित्य सृजनाको भबिस्यका लागि शुभकामना दिएका थिए।
साहित्यकार पण्डितले प्रकाशित गरेको पुस्तकको मूल्य २५० रहेको छ ।