काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । मर्मत गरिए सगै अहिले दुइतर्फी संचालनमा आएको हो । सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो ।
सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा लामो जाम लागेको थियो । प्रहरीले लेन नामिचेर सवारी साधन चलाउन आग्रह गरेको छ ।