काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसनका अध्यक्ष स्वर्गीय गङ्गाराम खड्कीको ४५ औ पुन्य तिथिको अवसर पारेर उक्त पार्टीले यहि असोज १४ गते श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको थियो। पार्टी कार्यालय इन्दु भवन सेतोपुल मैतिदेबिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सो पार्टीका अध्यक्ष चन्द्रदेब जोशी, महासचिव केदारचन्द्र शर्मा,वरिष्ठ अधिबक्ता तथा पार्टी सल्लाहकार कृष्ण भण्डारी , नेपाल महिला फेडेरेसनका आशा महर्जन ,नेपाल राष्ट्रिय युनियन फेडेरेसनका अध्यक्ष नवीन खड्का ,नेपाल राष्ट्रिय दलित केन्द्रका महासचिव तथा नेकपा संयुक्तका केन्द्रिय सदस्य राज कुमार पासवान ,नेकपा संयुक्त काठमाडौं जिल्ला अध्यक्ष उपेन्द्र छतुन्जेल, नेपाल ट्रेड युनियनका पुर्ब महासचिव बिजय बिस्फोट ,WFTU समन्वय कमिटीका सचिब किशोर नेपाली लगायत अन्य नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उक्त पार्टीका अध्यक्ष चन्द्रदेब जोशीले स्वर्गीय गङ्गाराम खड्की अति नै मिलनसार अनि पार्टीको काममा अहोरात्रा खटिरहने नेता रहेको भन्दै नेता खड्कीले पार्टी प्रति पुर्याएको योगदान बिर्सन नसकिने बताए। अध्यक्ष जोशीले आफुलाई अझै पनि नेता गङ्गारामको निधन भएको पत्यार नलागेको भन्दै उनको भौतिक शरीर नरहेपनी उनका योगदान ,भिजन,आदर्श जिबितै रहने बताए।त्यस्तै सो पार्टीका महासचिव केदारचन्द्र शर्माले स्वर्गीय गङ्गाराम खड्की मजदुरहरुको एक मात्र नेता रहेको सम्झदै उनिप्रती श्रद्धाञ्जली अर्पण गरे ।पार्टीको हरेक कार्यक्रममा ससक्त रुपमा खटिने एक बफादार नेता रहेको पनि उनले बताए। महासचिव शर्माले हालै देशमा भएको प्राकृतिक बिपत्तिमा सरकार लाचार बनेको भन्दै बिपत्तिमा मृत्यु भएकाप्रती समेत श्रद्धाञ्जली ब्यक्त गरे।श्रद्धाञ्जली कार्यक्रममा बोल्ने अधिकाङ्स नेताहरुले स्वर्गीय गङ्गाराम खड्की एक पार्टीको बफादार सिपाही रहेको बताउदै स्वर्गीय खड्कीको चर्चा गरे। कार्यक्रम पार्टीका सचिब मधु बिसिको सभापतित्वमा सम्पन्न भएको थियो।कार्यक्रम नेपाल ट्रेड युनियन फेडेरेसनका कार्यबाहक अध्यक्ष कृष्ण थापाले संचालन गरेका थिए।हेरौं स्वर्गीय मजदुर नेता गङ्गाराम खड्कीको ४५ औ पुन्य तिथिको अवसरमा नेकपा संयुक्तद्वारा गरिएको श्रद्धाञ्जली कार्यक्रमको केही झलकहरु