काठमाडौं । प्रभु नारायण चौधरीको १४ औं  स्मृति दिवस आजबाट काठमाडौंमा मनाइदै छ। स्मृती दिवसको अवसरमा आज पहिलो दिन बुद्दिचाल प्रतियोगिता भइरहेको छ। उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिका प्रमुख
मिठाराम अधिकारीले गरेका थिए।उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले खेलाडीले अनुशासन पालना गर्नुपर्ने बताउदै अन्तरास्ट्रिय स्तरमा समेत देशको नाम राख्न सुझाव दिए। कार्यक्रममा बोल्दै प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष बिद्यानन्द लेखिले प्रभु नारायण चौधरीको बारेमा प्रकाश पारेका थिए। कार्यक्रम आज र भोलि गरेर दुई दिनसम्म चल्ने बताइएको छ।