राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ। स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या सोमबार २ हजार ८ सय नौबाट बढेर ३ हजार ६ सय २२ पुगेको छ।
मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ। विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ। भारतका ठुलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ।
गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।