पुर्वी रुकुमको भुमे गाउँपालिका काक्रीमा छायांकन भएको यथार्थ कथाबस्तुमा बनेको नेपाली धाराबाहिक पारिवारिक सिरियल “भुमरी” को सम्पादन कार्य लगभग सकिएको निर्माणका पक्षले जानकारी दिएको छ । भुमरी यही जेष्ठ महिनाको २७ गतेदेखि साईराम पिक्चरको युटुब च्यानलमार्फत प्रसारण हुने भुमरीका निर्देशक यज्ञजंग बि. क.(आयुस) ले जानकारी दिए ।
बिबिध कारणबस प्राबिधिक कार्य सम्पन्न गर्न ढिला हुन गएकोमा भुमरी पर्खेर बसेका दर्शकसामु टिमले माफी समेत मागेको छ । अब यही जेष्ठ २० गते भुमरीको शीर्ष गीत र २७ गतेदेखि भुमरी कथालाई निरन्तर दर्शक सामु ल्याउने तयारीमा रहेको भुमरीका निर्माता रमेश बन गोसाईले चर्चित खबर डटकमलाई जानकारी दिए ।
बनका अनुसार भुमरी दुर्गम बस्तिको दु:ख र पीडामा बनेको पारिवारिक सिरियल हो । भुमरी पारिवारिक सिरियलमा हेमराज घर्ती, प्रिया ओलि, राजु थापा, यज्ञजंग बि.क.(आयुस), सरस्वती दाहाल, सम्झना तामाङ,तुलसा पौडेल, होम ब. थापा , बल ब. नेपाली, कल्पना मगरलगायत कलाकारको जिवन्त अभिनय रहेको छ । भुमरीमा सुजन बिश्वकर्माको छायांकन रहेकोे छ । यस सिरियलको शिर्ष गीतमा शब्द , संगीत निर्देशक यज्ञजंग बि. क.(आयुस) कै रहेको छ भने कथा लेखन हेमराज घर्तिको रहेको छ । भुमरी पारिवारिक सिरियल टिमले छायांकनको समयमा सहयोग गर्नुहुने सम्पुर्ण काक्रीबासीहरुलाई विशेष धन्यवादसहित आभार व्यक्त गरेकोछ । टिमले सम्पुर्ण दर्शकहरुलाई यहि जेष्ठ २७ गतेदेखी भुमरी सिरियल हेरिदिनुहुन अनुरोध समेत गरेको छ ।