एन्टिना घनश्याम,काठमाडौ । सामाजिक टेलिफिल्म कुटुम्बको शुभमुहुर्त संगै धमाधम छायांकन भैरहेको छ। युबराज खत्रीले निर्देसन गरेको उक्त टेलिफिल्ममा नायक आयुब के. शि,स्मारिका ढकाल,राजु भुजेल,यशु भट्टराई,सरिता भण्डारी,रोहित कार्की,मिना जि. शि,घनश्याम तिमल्सिना,टेक अधिकारी,अनिशा पराजुली,शुस्मा के. सि,मौसम लगायतले अभिनय गरिरहेको बताइएको छ। पि.एस खतिवडाको लेखन रहेको उक्त टेलिफिल्मलाइ सुजन श्रेष्ठले छायांकन, प्रमिला क्षेत्रीको मेकप साथै नवीन गिरिले सह निर्देशन गरिरहेका छन।दर्जनौं सफल म्युजिक भिडियोहरु एबम लघुफिल्महरु पश्किसकेका निर्देसक युबराजको यो टेलिफिल्मलाइ टेक अधिकारी,सरिता भण्डारी र मुक्ती उप्रेतीले संयुक्त निर्माण गरेका हुन। बिशुद्द सामाजिक,पारिबारिक कथामा आधारित कुटुम्ब टेलिफिल्म असार पहिलो सातादेखि सार्बजनिक हुने निर्देसक खत्रीले बताए।