ललितपुरको,इकुडोल ५ मा जन्मिएकी निरुता घिमिरेको बाल्यकालदेखिनै कलाकार बन्ने धोको थियो। पारिबारिक सपोर्ट नहुदा पनि निरुताले करिब २ बर्ष अघि आफ्नै साथी सुर्य तामाङ बाट सर्ट्फिल्म हामी एक नेपालीबाट आफ्नो कलायात्रा सुरु गरिन। बिस्तारै परिबार को साथ पायपछी निरुताले कला क्षेत्रमा आफ्नो पाइला अगाडि बढाउने प्रण गर्न थालिन।

बद्री शाह को निर्देसनमा बनेको म्युजिक भिडियोमा अभिनय गरेपछि उनी हाल एकाएक कला क्षेत्रमा छाउन थालिन। हालसम्म एक दर्जन टेलिफिल्म र एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय पस्किसकेकी निरुता मोडलिङ मा समेत जम्दैछिन। हाल उनी एन्टिना घनश्याम निर्देसित एक म्युजिक भिडियो र सामाजिक टेलिफिल्ममा अनुबन्धित भएकी छिन।