उ बेला
अाेल्लाे पाखा
पल्लो पाखा बसेर
दिदिबहिनीले खर काट्टा
गुनगुनाउने सुरिलो भाकाले
बनै गुन्जमान हुन्थ्यो
पशुपंंक्षि रमाउदै नाच्थे
अाज त्याे बन त्याे पाखा
रिताे रिताे भएको छ
त्यी गुन्जिने भाका सँगै
काेइलिकाे कुहुकुहु
सुनिन छाडे

गाउँ शुन्य बनाएर
सहर झरेकाहरू
झिलिमिलि सहरलाई पनि
शून्य बनाएर
काेहि उच्च शिक्षाको लागि
काेहि राेजगारकाे खाेजीमा
हजारकाे संख्या हुँदै
लाखौंको संख्यामा
बिदेशिय

अाँगाे झै फैलिएको
बिदेशीने जमातलाइ
न सरकारले राेक्याे
न देशकाे मायाले राेक्याे
पहिला गाउँ रित्तियाे
गल्ली , बस्ती हुँदै
सहर रित्तिदै छ
अब कसरी हेराै
देश रित्तिएकाे

सुस्मिता न्याैपाने