काठमाडौं । अहिले एउटा भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ।जहाँ नेपाल प्रहरीका एक जवानले बौद्ध भिक्षुलाई लात हानेर लखेड्दै गरेको देखिन्छ।यस बिषयमा अहिले धेरैले आआफ्नो धारणा समेत राख्दै आएका छन् ।बुद्दका अनुयायीहरु राजनितिक आन्दोलनमा जान मिल्छ कि मिल्दैन ? यसै बिषयमा बौद्ध धर्मका गुरु सुर्य कुमार घिसिङ भन्नुहुन्छ ,” लामाहरु कुनै पार्टीको राजनीतिक आन्दोलनमा जानू नै पटमुर्खता हो, बुद्दका अनुयायीहरुले जुलुस धर्नामा जानै हुन्न, यो आन्दोलनमा जाने लामाको कारण बौद्ध धर्ममा घात पुगेको छ। स्मरण रहोस् , यहि चैत २४ गते राजेन्द्र महतो नेतृत्वको राजेन्द्र महतो नेतृत्वको बहुल राष्ट्रिय राज्य नेपालद्वारा राजधानीमा बिशाल र्याली गरेको थियो त्यसै क्रममा भद्रकाली क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको थियो।