नदि बेचे उद्योग बेचे कङ्गाल बनाए मुलुकलाई
मातृभूमिको रक्षा गर्न एकता गर्नुपर्छ, अब नेपालवादको विचारलाई ,

सिमानामा तुईन काटिन्छ पिलर सारिन्छ, भाषणमा बेस्त छन नेता

देखाउन त हो नक्सा टासिन्छ, बोली साटिन्छ आमाका आँसु रोकिएका छैनन् यहाँ,

विदेशीको विचारमाथि राजनीतिकको दस्तावेज बनाई

मातृभूमिको अस्तित्व लुटेका छाैँ, विदेशी वादहरूको हैकम चलाइ,

विदेशीको इश्रामा(इशारा) राजनीतिकको खेल रचि
नेपाल आमाको संचिता लुटेका छाैँ, विदेशी विचारको दस्तावेज बनाई,

विदेशीको इशारामा शासन, सत्ता शक्ति चलिरहन्छ यहाँ

मातृभूमिको अस्तित्व खोई, हैकम,हुकुम दबाब उनकै हुन्छ यहाँ,

शासन सामान्तीकै हुन्छ, न्याय पाउने अवस्था छैन यहाँ

संविधानमा समावेश गरिएका बुदाहरू व्यवहारमा खोइ कहाँ छन यहाँ,

सिपाइले छातीमा थापेको गोली देशभक्तिलाई चस् हुन्छ

राजनीतिकको भित्रखोल ओडनेहरूलाई, सिपाइको छाती उपहार हुन्छ,

युवाले पनि त कोर्न सक्छन खोज्न सक्छन् आफ्नै मुलुकमा भविष्य
नोट साटिन्छ भोट साटिन्छ विदेशीन बाध्य बनाउछन युवालाई यहाँ,
नेपाल आमाको मायाकै लागि नेपालवादनामक विचार निकालिन्छ यहाँ
दबाब एकताबाट दबाब उताबाट, टुक्ररा बनाउछन यहीँ नेपाललाई यहाँ,

नेपाल आमाका पहरेदार बानी मातृभूमिको रक्षा गर्न यहाँ

बीउ रोप बिरुवा रोप नबेचीदेउ पवित्र नेपाललाई यहाँ,
सकेजती हामी आफै गर्छौं जति सक्छौं रोपन्छाैँ
छोडिदेउ विदेशी वाद मातृभूमिको रक्षा हामी आफै गर्न सक्छौं,

एन-आर (नम राज रावत)
मुगु-नेपाल