काठमाडौं । आम जनता पार्टी निकट आम ट्रेड यूनियन फेडरेशन, नेपालको दोस्रो ऐतिहासिक राष्ट्रिय कार्यकर्ता भेला “सामाजिक सुरक्षा, न्यूनतम वेतन कार्यान्वयन र नेपालको उद्योगमा विदेशी कामदारको सट्टा नेपालीलाई नै रोजगारीको व्यवस्था गर्नुपर्ने” मुल नारा एवं जोडदार माग सहित सम्पन्न भएको छ । भेलाले शिव थापाको अध्यक्षतामा महासचिव तेज नारायण थारु सहित १०१ सदस्यीय केन्द्रीय कमिटी समेत चयन भएका छन् । उक्त भेलामा आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरले स्वदेशी उध्योगमा बिदेशी कामदार ल्याएर रोजगार दिने गरेको बताउदै यस विरुद्ध आम जनता पार्टी लाग्ने बताए।उनले देश भ्रष्टाचार र बेथितिको दलदलमा फसेको भन्दै यस्ता बेथिति बिसङ्गती भ्रस्टाचार अन्त्यको लागि पार्टीले सधै खबरदारी गर्दै आएको बताए।यस्तै प्रमुख अतिथी पुर्ब मन्त्री साम्सद तथा पार्टी अध्यक्ष प्रभु साहले मुलुक भ्रष्टाचारीहरुले सिध्याइ सकेको भन्दै अब भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने बताए। साहले ललिता निबास प्रकरणको उदाहरण दिदै यो देशमा दलतन्त्र हाबी भएर भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताए।अब यस्ता भ्रष्टाचार विरुद्ध आम जनता अगाडी आउन समेत उनले आग्रह गरे।

आजको भेलामा विभिन्न पार्टी परित्याग गरि युवाहरु आम जनता पार्टीमा प्रबेश गरेका छन् ।नेविसंघ काठमाडौंका नेता सुनिल विसुङ्खे, राप्रपा धनकुटाका नेता प्रेम बहादुर थापा, हिरा थापा र संखुवासभाका दिवस राई लगायतले आम जनता पार्टी प्रवेश गरेका हुन् ।  नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष प्रभु साहले टिका लगाएर  स्वागत गरेका थिए। उक्त भेलाको सभापतित्व धन कुमारी मगरले गरेकी थिइन् ।केही तस्वीरहरु