काठमाडौं / थारु महिला समाज उपत्यका समितिको आयोजनामा थारु महिला दिदिबहिनीहरुले राजधानीमा “समाचकेवा” पर्व  मनाएका छन ।

दाजुभाइ-दिदीबहिनीबीचको प्रेम र मायाको प्रतीक मानिने यो पर्व हरेक बर्ष  कात्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने परम्परा रहेको थारू संस्कृति विद् भुलाइ चौधरी बताउँछन् ।
यहि मङ्सिर ११ गते  पूर्णिमाको दिन समाचकेवा पर्व  र्यालिसहित बिधिपुर्बक ललितपुरको टिकाथलि स्थित गोदाबरी खोलामा समापन गरेका हुन् ।
प्रमुख अतिथी थारु सस्कृतिबिद भुलाइ चौधरी र अतिथी थारु महिला समाजकी अध्यक्ष गिता चौधरीको उपस्थिति  रहेको  कार्यक्रममा अध्यक्षता थारु महिला समाज उपत्यका समितिका अध्यक्ष सुशीला चौधरीले गरेका थिए ।

बिशेष गरेर थारु समुदायले यो पर्व मनाउने गरे पनि अहिले तराइमा अन्‍य समुदायहरुले पनि समाचकेवा मनाउँदै आएका छन् । ‘समाचकेवाको बारेमा थारु राजाहरुको कहानी समेटिएको छ ।

दिदी र भाईको अटुट प्रेमको प्रतीकको रुपमा समाचकेवा पर्व मनाउने गरिएको सुशीला चौधरी बताउछिन ।