काठमाडौं । अहिले भइरहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईको आन्दोलन जनतामुखी रहेको भन्दै ” नेपाल राष्ट्रबादी राजनितिक मंचले साथ र समर्थन गरेको छ। आज राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल
राष्ट्रबादी राजनितिक मंचका संयोजक टि.एस. तामाङ्ले सरकारले जनतालको गर्नपाउने हरेक अधिकारलाई कुन्ठित गरेको भन्दै दुर्गा प्रसाईले वास्तविक जनताको आवाज उठाएको बताए।<span;>दुर्गा प्रसाईको संघर्षमा सरकारी दमन गलत भएको बताउँदै भने,“लोकतान्त्रीक संघिय गणतन्त्रको मुल्य–मान्यता विपरित प्रशासनको प्रसाईमाथि धरपकड र आन्दोलनमाथिको हस्तक्षेप निन्दनिय छ, त्यस किसिमका कार्य तत्काल रोकियोस् ।”
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण ,ललिता निवास प्रकरण,सयौं किलो सुन तस्करी ,सरकारी जग्गा निजीकरण गर्ने,महङ्गी,भ्रस्टाचार,आर्थिक संकट जस्ता सृजना गरेको भन्दै तामाङले यो ब्यबस्था नै परिबर्तन गरिनुपर्ने बताए।अहिलेको गणतन्त्र वास्तविक गणतन्त्र नभएको बरु लुटतन्त्र रहेको भन्दै उनले अब भ्रष्टाचार , सार्भमौन सत्ता,राष्ट्रिय अखण्डतामाथिको हस्ताक्षेप बिरुद्धको लडाईको शङ्खघोष समेत गरे।मञ्चका प्रमुख संरक्षक तेज पुडासैनीले गणतन्त्रको लागि लड्नेहरुले नै अहिले सोही व्यवस्थाको चुनौतिका कारक भएकाले उनिहरु विरुद्ध नयाँ अभियान सुरु गरिएको बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय संयोजन समितिका सदस्यहरु दानबहादुर विष्ट, किरण थापा मगर, सिद्धान्त थापा मगर र शुस्मा राना मगर लगायतको उपस्थिति रहेको थियो।