मोनु शाह,टिना थापा र विशेषता रन्जितको अभिनयमा रहेको ‘तिम्रो याद भुलाउन,नशा पिउन थालेछु’ गीतको भिडियो शाह स्टुडियो एन्ड कम्पनीको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
लोकप्रिय गायक प्रमोद खरेलको आवाज रमेश देवकोटाको शब्द, नविन कार्कीको सङ्गीत, एकान्त मगरको कथा निर्देशनमा”तिम्रो याद भुलाउन” तयार भएको जानकारी निर्माण पक्षले दिएको छ । निर्माण टिमले दर्शकहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गरेको छ । माया ,प्रेम र परिवारिक सन्दर्भ कथामा निर्धारित गरेर तयार पारिएको यस भिडियोमा रेशम दर्लामीको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन साथै यमुना पाण्डेको शृङ्गार रहेछ ।

‘तिम्रो याद भुलाउन’ गीतको भिडियो हेर्न तल दिएको लिन्क क्लिक गरेर पनि हेर्न सकिन्छ ।