पवन प्रसाद साह
वीरगंज/ प्रत्येक वर्ष झै यस बर्ष  पनि तराईका विभिन्न जिल्लामा रहेका नदी पाेखरी ,तलाउ, ईनार ,कलमा छठि माताकाे उदाउँदो सुर्यलाई व्रतालुहरुले अर्घ दिई  छठ पर्व समापन गरेका छन् ।

याे पर्व खास गरि तराईका जिल्लाहरुमा मनाउने चलन रहेपनि बिस्तारै विस्तरै काठमाडाै लगायत देशका मुख्य शहरहरुमा मनाउने गरेका छन् । याे पर्व सवै पर्व मध्ये कठाेर पर्व रहेकाे छ ।चार दिन सम्म मनाउने पर्व छठ पर्व नै रहेकाे छ ।

याे पर्व सव भन्दा पहिले भारतकाे विहार राज्य सीता माताले मनाएका थिईन् त्यसै दिन देखि भारतकाे विहार लगायत अन्य देशमा मनाउन शुरु भएकाे जन विश्वास रहेकाे छ।
यसै गरि पर्सा जिल्लाकाे वीरगंज नजिक रहेकाे अलौं पोखरी, घडिअर्वा पोखरी‌ लगायत विभिन्न पाेखरी तलाउमा व्रतालुुहरु छठि माईकाे उदाउँदो सुर्यलाई अर्घ दिएका छन ।

धेर‌ै गाउँ ठाउँमा व्रतालुहरु नदि, पाेखरीमा रात भरी जागरम बसेर आरधना गर्ने गरिन्छ भने कति ठाउँ अस्ताउने सुर्यलाई व्रतालुहरुले अर्घ दिई आ आफ्नाे घरमा आई फेरि विहान पख नदी,पाेखरी,तलाउमा उदाउँदाे सुर्यलाई अर्घ दिई याे पावन चाड समापन  गर्ने गरिन्छ ।

याे पर्व गर्नाले कुष्ट राेग निकाे,सन्तान नहुनेहरुले सन्तान प्राप्त हुन्छ भन्ने मन्यता रहेकाे विशेष जानकारहरु बताउँछन्  ।